काठमाडौं :- निमोनियका कारण एकहप्ता अघि वीर अस्पताल भर्ना सहरी विकास मन्त्री रामकुमारी झाँक्री डिस्चार्ज भएकी छिन् ।
मन्त्री झाँक्री बुधबार राति डिस्चार्ज भएकी हुन् । उनले सामाजिक संजाल फेसबुकमा आफू डिस्चार्ज भएको जानकारी दिएकी छिन् ।
‘उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरू, अस्पताल प्रशासन, मेरा सुरक्षाकर्मी साथीहरू, मन्त्रालयका कर्मचारी मित्रहरू, लगायत स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण आफन्तजन एवम् साथीभाईहरूप्रति आभार प्रकट गर्दछु,’ उनले लेखेकी छिन् ।
चिकित्सकले आफूलाई संक्रमणको उच्च जोखिम कायम रहेको सल्लाह दिएको बताउँदै उनले केही दिन भेटघाट गर्न नसक्ने बताइन् ।