नेको इन्सुरेन्स लिमिटेड शुद्धोधन ४ रुपन्देहीको आयोजनामा १ दिने आँखा शिविर तथा नि:शुल्क मोतियाविन्दुको अप्रेशन गरिएको छ।
सोमबार मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भएको कार्यक्रममा ९७ जनाले निशुल्क रुपमा आँखा चेकजाँच गरेका थिए भने १२ जनाको मोतियाविन्दुको निशुल्क अपरेसन गरिने भएको छ।
कार्यक्रममा बोल्दै नेको इन्सुरेन्स लुम्बिनी प्रदेशका प्रबन्ध निर्देशक रमेश बहादुर थापाले कम्पनीले सवारि साधन,पशुपक्षी,धनसम्पती लगायतका विभिन्न भविष्यमा आउनसक्ने जोखिम कम गर्नका लागि बिमा गर्दै गरेको अवगत गराउदै सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले कार्यक्रम आयोजना गरेको बताउनुभयो ।इन्सुरेन्सको क्षेत्रमा पहिलोपटक सामाजिक उत्तरदायित्वको स्वास्थ्य सम्बन्धी कार्यक्रम ल्याएको समेत उहाले बताउनुभयो ।
उहाले भोलिका दिनमा पनि विभिन्न अन्य कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र अध्यक्ष एंव शुध्दाधन वडा न.४ अध्यक्ष राजेन्द्र कडेलले शुध्दाेधन क्षेत्रका आँखा सम्बन्धी समस्या भएकाहरु बुटवल धाउन नपर्ने गरि आफ्नै पालिकामा कार्यक्रम आयोजना गरेकोमा नेको इन्स्योरेन्सलाई आभार व्यक्त गर्नुभयो ।
फर्साटिकरमा शाखा संचालन भएको इन्स्योरेन्सलाई शुभकामना समेत उहाले व्यक्त गर्नुभयो । बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोग तथा शुध्दाेधन वडा न.४,फर्साटिकर युवा क्लब,फर्साटिकर ब्यापार संघ,मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रको सहयोग रहेको थियोे ।
कार्यक्रम नेको इन्सुरेन्स लुम्बिनी प्रदेशका प्रबन्ध निर्देशक रमेश बहादुर थापाको अध्यक्षता शुध्दाेधन वडा न.४ अध्यक्ष एंव मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र अध्यक्ष राजेन्द्र कडेलको प्रमुख आतिथ्यता,फर्साटिकर व्यापार संघ का अध्यक्ष हुमाकान्त पाण्डेको शुभकामना मन्तव्य रहेको कार्यक्रमको संचालन इन्स्योरेन्स कम्पनी फर्साटिकर शाखा ब्यवस्थापन अर्जुन थापाको संचालनम सम्पन्न भएको हो।