बुटववल :- पुरुषोतम गैरेको तिहारको गीत बजारमा आएको छ । पुरुषोतम गैरे र धन माया दिसुवा मगरको आवज रहेको ”तिहार आयो देउसी भैलो” नामक गीत डिजिटल बजारमा सार्बजनिक गरिएको छ । पुरुषोतम गैरेको शब्द रहेको गीतमा राजु सुनामको लय रहेको छ ।
गायक गैरेको निर्देशन रहेको गीतको म्युजिक भिडियोलाई विजय पोख्रेलले खिचेका छन् । सिर्जना मगरको नृत्य निर्देशन रहेको भिडियोमा ऋषिराम बेलबासे ,उज्वल गिरि , सिर्जना मगर , शिबदेब अर्याल ,अन्जली बश्याल लगायतलाई देख्न सकिन्छ । बाँसुरी म्युजिकले बजार व्यवस्थापन गरेको गीतको भिडियोलाई पुरुषोत्तम गैरेको आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।
हेरौ गीतको भिडियो