बाल यौन दुराचारको आरोपमा पोखराको लेक साइडबाट एकजना क्यानडियन नागरिक पक्राउ परेका छन् ।अन्दाजी ४४ वर्षका रोबर्ट किङ्कलाई पोखराको एउटा घरबाट आपत्तिजनक अवस्थामा फेला पारिएको थियोे ।विगत डेढ वर्षदेखि पोखरा बस्दै आएका रोबर्टलाई उनकै कोठाबाट ३ जना बालक सहित नाङ्गो अवस्थामा फेला पारिरहेको हो ।
सनिवार दिउँसो १ बजे स्थानीय १३ वर्षका ३ जना बालकलाई कोठामा बोलाएर अप्राकृतिक रुपमा यौन हर्कत गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।उनले बालकहरुलाई लोभ देखाएर कोठासम्म ल्याई यस्तो क्रियाकलाप गर्ने गरेको पाइएको छ ।
प्रहरीले करिब ६ महिनादेखि रोबर्टलाई पछ्याइ रहेको थियो र यहि कार्तिकको ६ गते भने उसलाई यौ न कार्य गरेको बेला भेट्टाएको हो ।रोबर्टले नेपाल र भारत देशमा घुम्न भनेर आएको देखिन्छ ।
उसले पछिल्लो समयमा नेपाली भाषा पढ्ने भनेर पोखरा आएर बसेको पाइएको छ ।उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान भइरहेको छ ।बच्चाहरुलाई भने सुरक्षीत अवस्थामा ल्याइसकिएको छ ।