धनगढी, कात्तिक १३-
शुक्रबार राति कैलालीमा चक्कुु प्रहार गरी एक जना किशोरको हत्या भएको छ ।
टीकापुर नगरपालिका-८ कालीमाटी बस्ने १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको हो ।
आपसी विवादका क्रममा भजनी नगरपालिका-३ बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गरी अनुपको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।
त्यस्तै चक्कुु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको एसपी अधिकारीका बताए ।
चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।