काठमाडौ । अहिले महिलाहरु जुनसुकै पेशामा पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने थुप्रै उदाहरण देखिएका छन् । ति मध्य एक हुन् ओखलढुंगाकी २३ वर्षीया लक्ष्मी सुनुवार ।
उनी पनि पुरुषले मात्रै धान्दै आएको पेशालाई आफ्नो बनाएकी छन् । उनी सानै उमेरमा जहाजको इलेक्ट्रिकल टेक्निसियन बनेकी छन् । अहिले २३ वर्ष पुगेकी लक्ष्मीले ३ वर्ष देखि यो काम गर्दै आएकी छन् ।
बुद्ध एयरमा काम गर्ने लक्ष्मीले जहाज उड्नुअघि र अवतरण भएपछि उक्त जहाज प्राविधिक रुपले ठिक छ की छैन हेर्छिन ।
जहाजको तार लगायत अन्य विद्युतीय सामग्री ठिक भए नभएको हेर्ने काम उनको हो । साथै जहाजमा इन्धन भर्ने र अवतरण क्रममा जहाजलाई ‘ट्याक्सी-वे’ सम्म बाटो देखाउने काम पनि उनले गर्छिन ।