बागलुङ । ३० वर्षीया महिलालाई करणी गरेको आरोपमा प्रहरीले बागलुङको बैंकमा कार्यरत एक युवालाई प;क्रा;उ गरेको छ ।
कैलालीको जोसिपुर गाउँपालिका–१ का २६ वर्षीय युवालाई जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार पक्राउ गरेको हो । केही वर्ष पहिलेदेखि धर्म दिदी बनाएर तिहारमा भाइटीका लगाउँदै आएकी महिलालाई युवाले कात्तिक ३ गते करणी गरेको आरोप छ ।
पीडित महिलाले कात्तिक १० गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।