काठमान्डौ – सामाजिक सञ्जाल र युट्युबमा उनको लोकप्रियता बढ्दो छ । युट्युबमा हिट बनेका बनेका दर्जीमा यतिबेला निकै परिर्वतन आएको छ । चलचित्रको कथा र पात्र जस्तै लाग्छ अशोक दर्जीको जीवनकहानी पनि । आर्थिक अवस्था नाजुक भएका कारण जम्मा २ कक्षा सम्म पढेर छोडेका थिए उनले केही महिना अघि सम्म भूटानी शरणार्थी शिबिर बेलडाँगी, दमकमा गीत गाएर पैसा संकलन गर्थे उनी ।
जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्थे । गीत गाएर आफु अनि परिवारको जीविको पार्जनमा सहयोग गर्दै आएका थिए । सानो मान्छे तर जिम्मेवारी भने ठूलो थियो उनमा । सडकमा गाउँदै, पैसा माग्दै गरेको एउटा भिडियो एक्कासि युट्युव च्यानलमा अपलोड भए पछि उनी रातारात भाइरल भएका थिए।
अहिले अशोकको घरमा राती हमला भएको छ । मध्यरातमा एकजना पुरुष आएर घरको झ्याल फुटाएका छन् ।सबैजना सुतिरहेको बेला उनी आएर हमला गरेका हुन् ।हमला गरेपछि उनलाई सबैले समात्न सफल भएका थिए ।
हमला गर्ने उक्त पुरुष अशोकका काका रहेको हामीले पायौं ।अशोककी काकी बहिनीको घर आएको उनलाई मन नपरेको हुँदा आएर हमला गरेको पाइएको छ ।क्षति भएको घरको उचित मर्मत नगरी उनलाई नछाड्ने भन्दै अशोकका पिता लागिपरेका छन् ।