काठमाडौं :- सडक दुर्घटनामा परि साउदीमा एक नेपालीको ज्यान गएको छ । मदिना अलियामा ड्युटी जाने क्रममा सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट रामेछापाका युवराज क्याप्छपी मगरको मृत्यु भएको साउदीस्थित नेपाली दूतावासले बताएको छ ।
उनको स्यायी ठेगानन रामेछाप नगरपालिका २ देउराली रहेको बताइएको छ । उनी बिगत ८ महिना अघि बैदेशिक रोजगारीका लागि साउदीको एक रेस्टुरेन्टमा काम पुगेका थिए ।
मृतक मगरको शव आवश्यक कानुनी प्रकिया पूरा गरि नेपाल ल्याउने तयारी भइरहेको दूतावासले जनाएको छ ।