• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७९ चैत्र ८, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

      ३१ मिनेट अघि

      के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

      २ घण्टा अघि

      दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

      ५ घण्टा अघि

      जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

      ६ घण्टा अघि

      ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

      ११ घण्टा अघि

      धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

      ११ घण्टा अघि

      खुम्बु भ्रमणमा आएका विदेशी नागरिकको लेक लागेर मृ,त्यु

      १४ घण्टा अघि

      राप्ती गाउँपालिकाद्धारा नि:शुल्क आँखा शिविर सञ्चालन

      २३ घण्टा अघि

      २ वर्षदेखि मानसिक याताना भोगि रहेको छु, यदि रंगशाला बनेको भए कोही पनि रुखमा बसेर खेल हेर्नुपर्ने थिएन

      १ दिन अघि

      मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

      १ दिन अघि

      सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

      १ दिन अघि

      रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

      १ दिन अघि

      मोटरको स्वीच अन गर्दा करेन्ट लागेर महिलाको निधन

      १ दिन अघि

      धमाला लाई केस गर्न जाँदा शर्मिला वाईवा माथि आ,क्रमण, ऋषिले गु,ण्डा लगाए ।

      १ दिन अघि

      कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

      १ दिन अघि
    in
    आज: २०७९ चैत्र ८, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    श्रीमती र छोरा सम्झेर छिनछिनमा भक्कानो फुट्छ भन्दै उनी भन्छन्,”उनीहरू त गए। उपचार गराइरहेकाहरू बाँचून् भनेर कामना गरिरहेको छु।”

  • बुटवल दैनिक
  • २०७८ कार्तिक ५, शुक्रबार (१ साल अघि)
  • ९६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडाैं – लालबहादुर राना दुबई गएको १५ दिन भएको थियो। एउटा कम्पनीमा जागिरको लागि अन्तर्वार्ता दिएका थिए तर काम सुरु भएको थिएन। फुर्सदमा दैनिक जसो परिवारसँग भिडियो कल हुन्थ्यो।

    फेसबुकमा पछ्याउनुहोस्

    गत असोज २५ गते सोमवार पनि उनले श्रीमती अमृतालाई फोन गरेका थिए। उनी बर्दियास्थित घरदेखि मुगुस्थित माइती जाने तयारीको चटारोमा थिइन्। त्यसैले पाँच वर्षीय छोरा आयुषलाई फोन थमाउँदै भनेकी थिइन्, “बाबासँग कुरा गर।

    “छोरा पनि मामाघर जाने कुराले दङ्ग थियो। मैले दुबईबाटै प्लेन टिकट काटिदिन्छु भनेको थिएँ। तर फूलपातीसम्मको टिकट पाइएन,” राना बोल्दाबोल्दै रोकिए।

    अनि थपे,”आमाबुवा भएको ठाउँमा पुग्न हतार थियो होला। त्यसैले बसमै जान्छु, पुगेर खबर गर्छ भनेकी थिइन्।”

    उनी छोराले पनि बाबा चाँडै आउनु टाटा भन्दै हात हल्लाएको सम्झन्छन्। तर उनले सोचेका पनि थिएनन् त्यो नै अन्तिम बिदाइ बन्नेछ।

    भोलिपल्ट ढिलासम्म श्रीमतीले फोन नगरेपछि फेसबुक चहार्दै थिए। अचानक मुगु छायाँनाथ रारा नगरपालिकाको भीरबाट बस खसेको खबर देखे। झस्किए।

    रानाले भने, “मेरी श्रीमती, छोरा र सालो पनि त्यसैमा होलान् भन्ने कल्पना समेत गरेको थिइनँ।”

    पाँच वर्षीय छोरा, २६ वर्षीय श्रीमती र १८ वर्षीय सालो महेन्द्र शाही त्यसैमा सवार थिए। उनीहरूको घटनास्थलमै मृत्यु भयो। खबर फैलन समय लागेन।

    “श्रीमतीले चाहेको खान लाउन पाओस्, छोराको भविष्य बनोस् भनेर बिदेसिएको थिएँ। उनीहरू नै रहेनन्। मैले केही नसोची नेपाल फर्कने टिकट काटेँ,” रानाले सुनाए।

    हाल उनी किरिया बसेका छन्। श्रीमती र छोरा सम्झेर छिनछिनमा भक्कानो फुट्ने सुनाउँछन्।उनी भन्छन्,”उनीहरू त गए। उपचार गराइरहेकाहरू बाँचून् भनेर कामना गरिरहेको छु।”

    दशैँको त्यो भयावह दुर्घटना

    बसमा सवार २८ जनाको घटनास्थलमै मृत्यु भयो। चार जनाको सोही दिन अस्पतालमा र एक जनाको कार्तिक २ गते उपचारका क्रममा मृत्यु भयो।

    जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईका अनुसार दुर्घटना भएको गाडी क्षतिग्रस्त छ। बसको दाहिनेपट्टि अगाडिको टायर पन्चर भएको देखिएको उनले बताए।

    “टायर पन्चर भएकै कारण दुर्घटना भएको जस्तो देखिन्छ। साधन पूर्ण रूपले क्षति भएका कारण अन्य समस्या पहिल्याउन गाह्रो भयो,” भट्टराईले भने।

    नेपालगन्जदेखि मुगु पुग्न दुई दिन यात्रा गर्नुपर्छ। नाग्मादेखि मुगुतर्फ ९४ किलोमिटर बाटो वर्षा र बाढीका कारण जीर्ण बनेको र उक्त सडक खण्डमा यात्रा जोखिमपूर्ण भएको भट्टराईले जानकारी दिए।

    उनले भने,”यस क्षेत्रमा हुने दुर्घटनाको कारण सडक नै हो। नयाँ सवारीसाधन समेत बिग्रन्छ। गाडीमा यान्त्रिक समस्या देखिए पनि मर्मत गर्ने ठाउँ छैन।”

    मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर मल्लले दुर्घटनाका कारण छायाँनाथ रारा नगरपालिकाको अधिकांश गाउँमा दशैँ तनावपूर्ण भएको बताए।

    मल्ल भन्छन्, “प्राय: ३० वर्ष मुनिका विद्यार्थी थिए। कतिपय आमाबुवा आफ्नो सन्तान चढेर आएको गाडी देखेर दङ्ग परेका थिए। गाउँ आइपुगियो भन्दाभन्दै गाडी खस्यो।”

    “दशैँ मनाउन गाउँ फर्किएकाहरूले ज्यान गुमाए, घाइते भए। पर्वको बेलामा नगरपालिका नै बिस्मातमा परेको छ।”

    नौ जना घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज पुर्‍याइएको थियो भने चार जनालाई नर्सिङ होम नेपालगन्जमा लगिएको थियो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    ग्यास सिलिन्डर बोकेको ट्रक सडकबाट १५० मि. तल खस्दा ३ जनाको मुत्यु

    धुर्मुसलाई खुलापत्र : दाजु मलाई माफ गर्नुस्

    समाचार

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    के तपाईको ओठ कालो भएको छ ? अपनाउनुस यो तरिका हुनेछ राम्रो

    दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

    जापानमा नेपाली युवती आरती शुक्रबारदेखी सम्पर्कविहीन

    बुटवल दैनिक बिशेष

    मदानेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदै

    मधानेमा निशुल्क मुटुरोग सम्बन्धि शिविरबाट लिए ७१६ जनाले लाभ, पुन: सुरु भयो दन्त शिविर

    सैनामैनामा दलित उत्थानद्धारा विभेद अन्त्यकाे लागी सांकेतिक विरोध प्रर्दशन

    अखिल(क्रान्तिकारी) बुटवल बहुमुखीद्धारा क्याम्पस क्षेत्रमा सरसफाइ

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑