गुल्मी । मदाने गाउँपालिका अग्लुङ्ग स्थित द सनराईज युवा क्लबले आफ्नो सातौं वार्षिकोत्सबका सबै कार्यक्रमहरु आजदेखी सुरु गर्दै छ । “विकासका लागि पृथक अभियान, द सनराईजको पहिचान” भन्ने मुल नारासहित स्थापना भएको क्लब द सनराईज युवा क्लबले आफ्नो सातौं वार्षिकोत्सब मनाउन लागेको हो ।
वार्षिक उत्सवको अवसरमा भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता, घैटोफोर तथा बेलुनफोर लगायतका कार्यक्रमहरु गर्दै छ। । विगतका बर्षहरुमा जस्तै यस वार्षिकोत्सबको अवसरमा ओख्लेदह प्रा विका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृति प्रदान र वृद्ध सम्मान जस्ता कार्यक्रम पनि गर्दै छ ।
द सनराईज युवा क्लब ७ बर्ष पूरा भै ८ अौ वर्षमा प्रवेश गरेको अध्यक्ष महेन्द्र जिसिले जानकारी दिनुभयो । “२०७१ सालमा स्थापना भै निरन्तर समाजसेवा र विकासका कार्यमा अग्रसर छौँ,आफ्ना काम कर्तव्य तथा अन्य गतिविधि लगायत खेलकुद र सास्कृतिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ जसअनुरुप सातौं वार्षिकोत्सबको अवसरमा थुप्रै कार्यक्रमको आयोजना गरेका छौँ ” अध्यक्ष जिसिको भनाई छ ।
कार्यक्रम असोज ३०, ३१ र कार्तिक १ गते गरि तीन दिन सम्म चल्ने छ । कार्यक्रममा सहयोग गर्ने तथा आर्थिक, भौतिक सहयोग गर्ने सम्पूर्ण सहयोग मन हरु प्रति क्लबका सचिव विवश विष्टले धन्यवाद ज्ञापन गर्दै सम्पुर्णलाई कार्यक्रममा उपस्थितका लागि निमन्त्रणा गरेका छन ।