मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकामा गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।
मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार ‘बस क्षतविक्षप्त अवस्थामा छ। २२ जनाको मृत्यु भएको खबर छभने १८ जना घाइते भएका छन्।
प्रदेश प्रहरी कार्यालयका निरिक्षक जीवन लामिछानेका अनुसार बसमा ३९ जना यात्रु सवार थिए । उनीहरुमध्ये अधिकांश मृत्यु भएको र बाँकि घाइते को अस्पताल लैजाने काम भइरहेको उनले जानकारी दिए ।
भे १ ख ३१ ६७ नम्बरको गाडी मुगुको छायानाथ रारा नगरपालिका –७ मा दुर्घटना भएको हो । अहिले प्रदेश प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली घटनास्थलमा पुगेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले नेपाल प्रेससँग भने, ३६ सिटको गाडीमा ३९ जना रहेको थियो । त्यति धेरै ओभरलोड पनि देखिएन । स्थानीय प्रहरी पुगिसकेको छ ।