काठमाडौं :- मुगुमा आज दिउँसो भएको बस दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस २ सय मिटर तल खसेको थियो ।
सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हो । हालसम्म २६ जनाको मृत्युको भएको छ । दुर्घटनामा घाइते १६ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। जसमध्ये ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ। घाइते एकजना बालिकाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ।
नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको थियो। अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ। अहिले मृतकहरुको शव घटनास्थलबाट निकाल्ने काम भइरहेको छ।
३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो । ‘ठूलो दुर्घटना भयो । बस टु’क्राटु’क्रा भयो । २६ जनाको लास भयो । धेरै घाइते छन् । घाइतेलाई विमानस्थलमा ल्याएका छौं र कतिपयलाई उद्दार गरिरहेका छौं, हामीले प्लेन र हेलिकप्टर मगाएका छौं’ उनले भने ।
उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए । अहिले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।