सुर्खेतबाट मुगुतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा २२ जनाको मृत्यु भएको छ । सडकबाट अढाइ सय मिटर बस तल खसेको प्रहरीले बताएको छ । मंगलबार दिउँसो छायानाथ रारा नगरपालिकास्थित पर्चानी खोलामा दुर्घटना भएको हो ।
प्रदेश प्रहरी कार्यालयका निरिक्षक जीवन लामिछानेका अनुसार बसमा ३९ जना यात्रु सवार थिए । उनीहरुमध्ये २२ जनाको मृत्यु भएको र घाइते को अस्पताल लैजाने काम भइरहेको उनले जानकारी दिए । भे १ ख ३१ ६७ नम्बरको गाडी मुगुको छायानाथ रारा नगरपालिका –७ मा दुर्घटना भएको हो । अहिले प्रदेश प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली घटनास्थलमा पुगेको छ ।
अहिले घाइतेको उद्दार गरिरहेको छ। हेलिकप्टर बोलाइएको छ। पूर्ण विवरण आउन बाँकी छ।
त्यस्तै त्यस्तै बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिकै बसको ठक्करबाट दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।
काठमाडौँदेखि बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नंको बसले आज दिउँसो पौने दुई बजेतिर ठक्कर दिँदा राप्तीसोनारी–८ बालापुर बस्ने २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृत्यु भएको प्रमुख मल्लले जानकारी दिए ।
बसको ठक्करबाट मृत्यु भएको विषयलाई लिएर पीडित पक्षले पूर्वपश्चिम राजमार्गअन्र्तगत समसेरगञ्जमा राजमार्ग अवरुद्ध गरेपछि लामो र छोटो दूरीका सवारी साधनहरु रोकिएका छन् । पैदल हिँडिरहेका चौधरी र खड्कालाई बसले ठक्कर दिएको जनाइएको छ ।