काठमाडौं :- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले दसैंको अवसरमा शुभकामना दिएका छन् । मंगलवार एक विज्ञप्ती जारी गर्दै उनले शुभकामना ब्यक्त गरेका हुन् ।
सो क्रममा पूर्वराजाले नेपालजस्तो मुलुकमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने आफूले बोध गरेको बताएका छन् । देशको वर्तमान राजनीतिक अवस्थाप्रति पनि उनले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
विजयादशमीका अवसरमा जारी गरेको शुभकामना सन्देशमा पूर्वराजाले भनेका छन्, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न वाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं ।’
देशको राजनीतिक व्यवस्था आफू र आफ्नो समूह तथा त्यसभित्रको गुट र उपगूटमा अल्झिएको पूर्वराजाको टिप्पणी छ । ‘कोभिड महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महंगी र अस्थिरताको भुमरीमा फ सेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’ उनले प्रश्न गरेका छन् ।