काठमाडौ :- नेपाली फिल्मी क्षेत्रमा महानायक विवादले उग्र रुप लिएको छ । सामाजिक सञ्जालमा कलाकारका पक्ष विपक्षमा तर्कहरु आइरहेका छन् । महानायकको वारेमा बोल्ने कलाकारहरु पनि ट्रोल बन्न थालेका छन् । केही दिन अघि महानायकका विषयमा अभिब्यक्ति दिएका शोभित बस्नेत पनि विवादित बने । त्यसेको कारणले उनको फिल्म पनि प्रभावित भएको छ ।
फिल्म ुडाँडाको बर पिपलुको गीत रिलिज कार्यक्रममा निर्देशक शोभित बस्नेतले अभिनेता राजेश हमालले पाएको महानायक उपाधिमाथि प्रश्न गरेका थिए । त्योमात्र होइन, सोभितले अभिनेता भुवन केसीलाई ‘महानायक’ हुन् भनिदिए । सोही कार्यक्रममा भुवनले भने अभिनेता शिव श्रेष्ठलाई महानायकको पहरी लगाइदिए ।
उक्त कार्यक्रमपछि राजेशका शुभचिन्तकहरू सोभित, भुवन र शिवका विरुद्ध सामाजिक सञ्जालमा टिप्प्णी गर्न थालेका छन् । त्यसको प्रभाव उनीहरूले सार्वजनिक गरेको फिल्मको प्रचार सामाग्रीमा देखिएको छ । भुवन, शिव, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापालगायत अभिनित फिल्मको गीत र ट्रेलरमा लाइकभन्दा डिसलाइक बढी छ ।
ुदेउराली बनेछ ढुंगाकोु बोलको गीत युट्युबमा सार्वजनिक भएको तीन सातामा जम्मा झण्डै २ लाख ६९ हजारले हेरेका छन् । त्यसमा १० हजारले भिडियोलाई लाइक गर्दा २१ हजार दर्शकले डिसलाइक गरेका छन् ।
त्यस्तै, एक साताअघि सार्वजनिक भएको फिल्मको ट्रेलरले युट्युबमा १ लाख पनि भ्युज पाउन सकेको छैन । त्यसमा पनि लाइक गर्ने भन्दा डिसलाइक गर्ने धेरै छन् । दुवै भिडियोमा आएका प्रतिक्रियाहरू प्रायस् महानायक विवादमा नै केन्द्रित छन् । राजेशलाई महानायक नस्वीकार्दा यस्तो हालत भएको धेरैको प्रतिक्रिया छ । अहिले निर्देशक सोभित बस्नेतले राजेश हमाललाई नै महानायक स्वीकारेका छन् । उनले फिल्मको ट्रेलर रिलिज कार्यक्रममा नै राजेशको फोटोलाई प्रमुख अतिथि बनाएर महानायक स्वीकारेका हुन् ।