बुटवल, २० असोज – रुपन्देही उद्योग संघको ४३ अौ साधारणसभा तथा २२ अौ अधिवेशनको सन्दर्भमा माधव प्रसाद पौडेलको प्यानल उम्मेदवारका लागि सार्वजनिक गरिएको छ । बुधबार एक पत्रकार सम्मेलन गरी साझा प्यानल सार्वजनिक गरेको हो ।
उद्योग र उद्योगीहरूको संरक्षण, संर्वधन र विकासको मुख्य लक्ष्य सहित विक्रम संवत् २०३५ सालमा रुपन्देही उद्योग सङ्घको स्थापना भएको थियो । सोही संघको यही आश्विन २३ गते हुन गइरहेको निर्वाचनको सन्दर्भमा जानकारी गराउने उद्देश्यका साथ बुधबार एक पत्रकार सम्मेलन गरेको छ ।
रुपन्देही उद्योग संघले स्थापना गरेको औद्योगिक विकासको मूल मन्त्रलाई अंगिकार गर्दै हालको विषम परिस्थितिमा संघको नेतृत्वलाई सर्वसहमत बनाउँदै अगाडि बढाउने सोचका साथ आफ्नो प्यानलले उम्मेदवार दिएको अध्यक्ष उम्मेदवार माधवप्रसाद पौडेलले बताए ।
सम्पूर्ण उद्योगी एवम् सङ्घका पूर्व अध्यक्ष ज्यूहरु को सुझावलाई शिरोपर गरी सङ्घको निर्वाचनबाट गठन हुने नयाँ कार्यसमितिलाई शतप्रतिशत निर्विरोध गराउन यो टिमले सक्दो प्रयास गर्ने बताएको छ । लामो समयदेखि विभिन्न पदमा रहँदै महत्वपूर्ण योगदान दिनुभएका उद्योगीको कामको मूल्यांकन गर्दै प्यानल निर्माण गरिएको बताएको छ ।
विगत १४ वर्षदेखि कार्यसमिति सदस्य देखि निरन्तर क्रियाशील रहँदै हाल वरिष्ठ उपाध्यक्ष कार्यकाल पुरा गरेका माधवप्रसाद पौडेल यसपटक अध्यक्षका लागि उम्मेदवारी दिने भएका हुन । सीमित पद र पद भन्दा आंकाक्षश्र धेरै भएका कारण सबै ईच्छुक साथिहरुलाई समेट्ने तथा संघको हितमा काम गरिने प्यानल टिमले प्रतिबद्धता जनाएको छ ।
उम्मेदवार दिएको प्यानलको अध्यक्षमा माधव प्रसाद पौडेल, वरिष्ठ उपाध्यक्षमा दिलिप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली, द्वितीय उपाध्यक्षमा जीवकान्त काफ्ले, महासचिवमा हरि बहादुर खत्री, कोषाध्यक्षमा हिरामणी भट्टराई, सचिवमा बसन्त ढकाल, महिला सचिवमा मन्जु भुसाल, सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवाली, सदस्य एसोसिएटमा सुमन बस्याल,तुल्सी गुरुङ्ग, सदस्य आजीवनमा माधव नेपाल, सदस्य सस्थागतमा अशोक कुँवर, सदस्य महिला शारदा भट्टराई, मिना थापा रहेका छन । त्यसैगरी सदस्य बुटवल औद्योगिक क्षेत्रमा कमल ज्ञवाली, सदस्य खुल्लामा प्रेम आले, लाल प्रसाद बस्याल, राजु घिमिरे, बलबहादुर गोदार, चन्द्रकान्त खनाल, गोविन्द्र भुसाल, लालबहादुर थापा, नेत्र रुचाल रहेका छन । त्यसै गरि सदस्य बुटवल उपमहानगरपालिकामा लालहरी पाण्डे र जमुना पोखरेल, सदस्य तिलोत्तमा नगरपालिका विशाल बेल्बासे, सदस्य शुद्धोधन गाउँपालिका रमेश खनाल रहेका छन ।