बाबा फिल्म प्रोडक्सनको प्रस्तुतिमा ‘तिम्रो अदा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतलाई कपिल सापकोटाले लेखेका हुन् भने स्वर पनि कपिल स्वंयमको रहेको छ ।
अस्ट्रेलियाका विभिन्न मनमोहक स्थानहरुमा यसको छायांकन गरिएको छ । भिडियोको निर्देशन सन्जय सेन्चुरीले गरेका छन् । सेन्चुरी भन्छन्, विदेशमा रहेर पनि नेपाली संगीतलाई योगदान गर्ने सोचले अर्कोपटक यस् भिडियोको निर्माण गरेको छु । उनले यसअघि पनि विभिन्न छोटो चलचित्र तथा म्युजिक भिडियोहरुको निर्माण र निर्देशन गरिसकेका छन् ।
गीतको रेकर्डिङ भने मेक मनि रेकर्ड स्टुडियोले गरेको बताइएको छ । भिडियोमा दिपक सिंह रावतको कोरियोग्राफी तथा निर्देशक समेत रहेका सेन्चुरीको सम्पादन देख्न सकिन्छ । बाबा फिल्म प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको भिडियोमा अस्ट्रेलियन मोडल हर्लिक रोज, दिपक सिङ रावत र कपिल आर्चायको अभिनयलाई देखाइएको छ ।
हप्तादिन अघि सार्वजनिक भिडियोमा सकारात्मक प्रतिक्रिया देखिएको छ । दर्शकको साथ रहेसम्म भविष्यमा संगीत क्षेत्रमा लागिपरिरहने निर्देशक सेन्चुरीको योजना छ ।
पूरा भिडियो: