रूपन्देही ।बुटवल उपमहानगरपालिका-८ सुख्खानगर स्थित नेपाल मगर संघ नगर कार्य समिति कार्यलय (अमर भवन) को सभाहलमा जनता समाजबादी पार्टी को भातृ संगठन समाजबादी युवा संघ बुटवल उप-महानगर समितिको आयोजनामा “नगर युवा भेला” सम्पन्न भएको छ ।
उक्त नगर भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि समाजवादी युवा संघकाे केन्द्रीय उपाध्यक्ष अस्लाम खां ले संघियता कमजोर हुँदै गएको, नयाँ युवा जनशक्तिले आफ्नो सक्षमताको प्रयोग गर्दै समाबेशी चरीत्र सहितको नयाँ नेपाल निर्माणको अभियानमा लाग्नु पर्ने कुरा व्यक्त गर्नु भएको छ ।
भेलामा करिव १५ जना नव प्रवेश गरेका युवालाई संगठन बुटवल नगर अध्यक्ष सुरज हितान मगर ले धन्यवाद दिदै ,पुराना नेताहरूलाई राजनीति बाट सन्यास दिनुपर्ने कुरामा जाेड दिनुभएको , उक्त भेलाले ३१ सदस्य बुटवल नगर कमिटी गठन गरेको छ ।
जस अन्तर्गत अध्यक्षमा सुरज हितान मगर उपाध्यक्षमा मिना गुरुङ, रोनिश श्रेष्ठ, राजु परियार, सन्देश बुढा, सचीवमा भरत पौडेल, कमल पौडेल, कोषाध्यक्षमा गणेश न्यौपाने, अलि हुशेन र सदस्यहरुमा मनिशा तुलाचन, रोनित आले, सुरज तुलाचन, चेतन सिंह, मनोज परियार, लोक राज बलाल, अजय गुरुङ, राम के.सी., मिलन आचार्य, अश्विन आले, बिज्ञान आचार्य, अतीत थापा मगर, खगेन्द्र थापा मगर, आकाश के.सी., रोहित श्रेष्ठ, सन्देश बुढा मगर, टनिश थापा, रोशन मगर, मिथाल गुरुङ, पृथ्वी कालिराज, नवीन श्रेष्ठ, आकाश राना चयन भएका छन ।