नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बुटवल उपमहानगरपालिका वार्ड नं २ को भेला भव्यताका सम्म्पन भएको छ । अधिवेशनले पार्टी वार्ड कमिटी तथा युवा संघ नेपाल वडा कमिटी गठन गरेको छ। वडा भेलाले जगत क्षेत्री अध्यक्ष सहित ३१ जनाको वडा कमिटी घोषणा गरेको छ उक्त कमिटिको उपाध्यक्षमा कुल बहादुर नेपाली सचिवमा बिष्णु बिस्ट, सह सचिवमा यमलाल घिमिरे कोषाध्यक्षमा भुवन सिहं सुनार लाई चयन गरेको छ ।
त्यसै गरि युवा संघ नेपाल वार्ड कमिटिमा अध्यक्षमा जाने आलम उपाध्यक्षमा शर्मिला बि क सचिवमा लिला अर्याल पौडेल सह सचिवमा रेनुका नगरकोटी कोषाध्यक्षमम कृष्ण घर्ती लगायत ५१ सदस्य चयन भएका छन।
कार्यक्रमको अध्यक्षतामा हिक ब दर्लामी रहनुभएको थियो । शुनिल साक्यलृ संचालन गरेको कार्यक्रमको प्रमुख अतिथी ने क पा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव राजु गुरुङ रहनुभएको थियो । कार्यक्रममा ने क पा एकीकृत समाजवादी बुटवल उपमहानगर कमिटी अध्यक्ष चीन बहादुर गुरुङ,
युवा संघ नेपाल जिल्ला अध्यक्ष कृष्ण थापा लगायतले मन्तव्य राखेका थिए ।