गुल्मीको धुर्कोट गाउँपालिका वडा न.ं ३ हाडहाडेमा रहेको निन्युखर्क माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरुलाई स्वागत तथा नयाँ कक्षा उद्दघाटन कार्यक्रम सम्पन्न भएको छ । आज सम्पन्न कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई स्वागत गर्दै नयाँ कक्षाको उद्दघाटन गरिएको हो । साथै सोहि कार्यक्रममा सेवा निवृत शिक्षक निरबहादुर घर्तिमगर लाई विदाई समेत गरिएको छ । लामो समय शिक्षण पेशामा आबद्ध रहि सेवा निवृत शिक्षक घर्तिलाई आज सम्मानका साथ विदाई गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर थापाको अध्यक्षता रहेको कार्यक्रम धुर्कोट गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्रिको प्रमुख आथित्यता, वडाध्यक्ष विष्णुबहादुर थापा श्रीस, नेकपा एमाले जिल्ला कमिटि सदस्य चन्द्र सुनार, राष्टिय जनमोर्चा वडा प्रतिनिधि लिलाराज वि.सि, नेकपा माओवादि केन्द्र वडाध्यक्ष यमबहादुर कुवँर, लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण जिसिले विद्यालयको शैक्षिक गतिविधिको बारेमा प्रकाश पार्नु भएको थियो भने शिक्षापे्रमि जुद्धबहादुर खत्रि, हाडहाडे समाज सेवा युवा क्लबका अध्यक्ष कमल काउछा लगायत सम्पुर्ण अतिथिहरुले आआफनो मन्तव्य राख्नु भएको थियो ।
शिक्षक विष्णुप्रसाद भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कृष्ण विष्टले गर्नुभएको थियो ।