काठमान्डौ:- लोक गायिका विष्णु माझीको गीत हामी सबैले सुनेका छौँ ।विभिन्न सुपर हिट लोक गीतमा आफ्नो आवाज दिदेकी विष्णु माझी वर्षौंदेखी हामी सबै नेपालीको मनमा बस्न सफल भएकी छिन् ।उनको कर्णप्रिय आवाजको सबै नेपालीले प्रशंसा गरेका छन् ।
गायिका विष्णुले सयौं लोक गीतमा आफ्नो स्वर दिएर गीतलाई अमर बनाएकी छिन् ।उनले सालको पत टपरी हुने,चरी जेलैमा,सिलाइ दिउला भोटो,आकाश जुनकै हो लगायतका गीत लाखौको मनमा बस्न सफल भएका छन् ।गत समयमा चरी जेलैमा नामक गीत आएपछि धेरैले यो गीत उनकै जीवनमा मेल खाने र उनकै जीवनको गीत समेत बताएका छन् ।
सुशीला सेन नाम गरेकी एकजना युवती अहिले चर्चामा आएकी छिन् ।उनी अहिले पढाईको साथसाथै गायन क्षेत्रमा आफ्नो भविष्य खोज्दै छिन् ।उनी चर्चित लोक गायिका विष्णु माझिको समर्थक हुन् र उनको स्वरपनी विष्णुकै जस्तो छ भनेर अहिले उनी चर्चामा तानीएकि छिन् ।आउनुहोस् उनले गाएको गीत हेर्दै सुन्नुहोस् र भन्नुहोस् कत्तिको रहेछ उनमा विष्णु कै जस्तो आवाज।
हेर्नुहोस् भिडियो :