काठमाडौं – बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा ९ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले घटेको हो ।
बुधबार प्रतितोला ९० हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८९ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलाको ११ सय ५५ रुपैयामा कारोबार भइरहेको छ ।