फिल्म नगरी यतिबेला पुनः महानायक र महानायिकाको बिवादमा फसेको छ । हालै राजधानीमा भएको एक कार्यक्रममा अभिनेता भुवन केसी र निर्देशक शोभित बस्नेतले अभिनेता राजेश हमाललाई महानायक र अभिनेत्री करिष्मा मानन्धरलाई महानायिका मान्न अस्विकार गरे ।
यी दुई फिल्मकर्मी यतिमै रोकिएनन् । उनीहरुले अर्का अभिनेता शिव श्रेष्ठलाई महानायकको संज्ञा दिए भने अभिनेत्री गौरी मल्ललाई महानायिकाको उपादी भिराई दिए । तर, शिवले केही प्रतिक्रिया नजनाएपनि गौरी मल्लले चांही आफु कलाकार मात्रै रहेको र महानायिका नभएको बताएकी थिईन् ।
महानायक र महानायिकाको उपादी दिने आधार के हुन् ? के यो राज्यले दिने मनोपदवी जस्तै हो ? बिवादमा अन्य धेरै कलाकारहरु बाहिर आएका छन् । कोही राजेश हमाललाई महानायक मान्न तयार छन् भने कोही उनी सुपरस्टार मात्रै हो भन्छन् ।