पोखरा महानगरपालिका ३२ बडहरेकी ४८ वर्षीया महिलाको कानको रिङ लुट्ने पक्राउ परेका छन् । घाँस काट्न बारीमा गएका बेला ढुंगाले हानेर बेहोस बनाई एक तोलाको रिङ लु’ट्ने लु’टेरा भोलिपल्टै पक्राउ परेका हुन् ।
मारियम गुरुङको कानको लोती काटी सुन लुटेको आरोपमा प्रहरीले माचिन तामाङलाई मंगलबार पक्रेको हो । उनको साथबाट लुटिएको २ वटा रिङ जस्ताको तस्तै फेला परेको प्रहरीले जनाएको छ । तामाङ मंगलबार तल्लो गगनगौंडबाट पक्राउ परेका हुन् ।
धादिङ घर भएका ४६ वर्षीय तामाङ अहिले पोखरा महानगरपालिका ३२ खुदीखोला बस्दै आएका थिए । उनी बाख्राभैंसी किनबेचको काम गर्ने पनि खुलेको छ । किन्ने र बेच्ने कामका लागि गाउँतिर गइरहने भएर गाउँबारे राम्रो जानकार रहेको पनि बुझिएको छ ।
सोमबार पूर्वान्ह ११ बजेतिरको समयमा गुरुङले घाँस काटिरहँदा एक्कासि छातीमा ढुंगाले हानेर बेहोस बनाई कानै काटेर आधा आधा तोलाको २ वटा बेरुवा रिङ लुटिएको थियो ।बारी नजिकै घर भएका स्थानीयले देखेर हल्लाखल्ला गरेपछि आफन्तहरु घटनास्थल पुगेका थिए ।
बेहोस भइसकेकी मरियमको कानका २ वटा रिङ थिएनन् । घटनास्थलमा पुग्दा कानबाट रगत आइरहेको उनका श्रीमान् धनमान गुरुङले बताए । लगत्तै प्रहरीलाई खबर गरिएको थियो । र, घाइते गुरुङलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्न ल्याइएको थियो । कानमा टाँका लगाएर गुरुङ घर फर्किसकेकी छिन् ।