मोरङमा भएको कार दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । मोरङको बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेको चार जना सवार रहेको बा ११ च १५७१ नम्बरको कार कोसी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–३ मा दुर्घटनामा हुँदा एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राईको मृत्यु रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।
दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल सामान्य घाइते भएका छन् । घाइते सबैको विराटमै उपचार भइरहेको छ ।
कार आफै अनियन्त्रित भएर पायनीयर उद्योगअगाडिको बिजुलीको पोलमा ठोक्किएर बिहान ११ः३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।