बुटवल – रुपन्देहीको तिलोत्तमा घटना सेलाउन नपाउदै अर्को घटनामा अर्की सिता परेकी छिन। रुपन्देहीमा श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाँउपालिका–५ उत्तर भैसाहीकी २९ वर्षीय सिता थारु भदौ २५ गते राति आफ्नै कोठामा आगलागी हुँदा गम्भीर घाइते भएकी थिइन् ।आगोलागीबाट गम्भीर घाइते भएकी थारुलाई उपचारका लागि पाल्पाको मिशन अस्पतालमा लगिएको थिए । थारुको उपचारको क्रममा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले बताए ।
माइति पक्षले ज्वाईले आगो लगाएर छोरीको हत्या गरेको भन्दै प्रहरीमा बुधबार जाहेरी दिएका थिए । माइती पक्षले हत्या भएको भन्दै प्रहरी समक्ष जाहेरी दिए पछि प्रहरीले सिताका श्रीमान् २९ वर्षीय रञ्जित थारुलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निरीक्षक रिजालले बताए ।‘माइती पक्षबाट हत्या भएको भनेर जाहेरी दर्ता भएको छ ।’ प्रहरी निरीक्षक रिजालले भने ‘प्रहरीमा जाहेरी दर्ता भए लगत्तै मृतक सिताका श्रीमानलाई बुधबार नै पक्राउ गरिएको छ र आवश्यक अनुसन्धान गर्नका लागि अदालतबाट ५ दिनको म्याद लिएको लिएका छौँ।’ GlobalAawaj