तीज को अन्तिम दिन अर्थात् पर्सीपल्ट पर्ने पञ्चमी तिथिलाई ऋषिपञ्चमी भनिन्छ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा गरी वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरूले मनाउँदैछन् ।
बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल,तलैया र पोखरी वा धारामा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने,
गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । आयुर्वेदिक शास्त्रले पनि अपामार्गलाई महत्त्वपूर्ण औसधिको रूपमा लिएको छ। रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटी भएको भए यस दिन अरुन्धतीसहित सप्तषिर्को पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । महिलाहरूले महिनावारीको समयमा कुनै त्रुटि हुन गएको भए ऋषिपञ्चमीको व्रत पूजा गर्नाले मुक्ति पाइन्छ भन्ने विश्वास गरिन्छ ।
“कस्यपोsत्री भरद्वाजो विश्वामित्रsथ गौतम ।
जमदग्निर्वशीष्ठश्च साध्वी चैवाप्यरुन्धती।।”
अर्थात् अरुन्धती सहित, कश्यप,अत्री,भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठ गरि सात ऋषिको पुजा गरिन्छ । सौभाग्य ,एवं पारिवारिक सुखशान्ति र अज्ञातजनित पाप निवारणको कामना गर्दै अरुन्धती सहित सप्त ऋषि र विभिन्न देवीदेवताको पुजा गरि भजन किर्तन एवं मैलिक तीज गीतमा नाचागान गरिन्छ ।
तीजको अन्तिम दिन भएकाले पनि यस दिनलाई महिलाले महत्त्वपूर्ण रूपमा हेर्दछ्न् । यसरी ऋषिपञ्चमी पनि हाम्रा मौलिक पर्व हो। पर्वका नाममा भित्रिएका विकृतिलाई निरुत्साहित गर्दै हाम्रा मौलिक जगेर्ना गर्न तर्फ लागौं । ईति।
लेखक : नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् ।