भुजौली रुपन्देही – शुध्दाेधन गाउँपालिका वडा नं. २ शान्तिनगर रुपन्देही स्थित कृषकहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन गरिएको संस्थाका ब्यवस्थापक पदम काफ्लेले जानकारी दिए ।
सहकारी संस्थाको २४औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ७० जना रक्तदाताहरुले रक्तदान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि शुध्दाेधन गाउँपालिका वडा नं. २ का वडाध्यक्ष विष्णुप्रसाद बस्यालले सहकारीका गतिविधिलाई वडाले पनि नजिकैबाट नियालेको बताउँदै रक्तदान जस्ता सामाजिक काममा अग्रसर हुने सहकारीहरुलाई वडा कार्यालयले पनि सहयोग गर्ने बताएका थिए ।
संस्थाका अध्यक्ष उमाकान्त चापागाईंले संस्थाले आर्थिक कारोबार मात्र नभई यस क्षेत्रमा रक्तदान कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाएको बताए । अध्यक्ष उमाकान्त चापागाईंको अध्यक्षतामा र शुध्दाेधन २ का वडा अध्यक्ष विष्णुप्रसाद बस्यालकाे प्रमुख्यातामा भएको सम्पन्न कार्यक्रम संचालन संस्थाका सचिव शंकर गौतमकाे संचालनमा भएको थियो ।
२०५५ साल भदौ ७ गते स्थापना भएको सहकारी संस्थाले स्थापना दिवसका सन्दर्भमा नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । यस क्षेत्रमा नियमित रक्तदान कार्यक्रम गर्दै संस्थाले महिलाहरुमा पनि रक्तदान गर्नुपर्छ भन्ने भावना जगाउँदै महिला रक्तदाताको संख्यामा समेत वृद्धि गर्दै आएको छ ।