बुटवल, ०५ भदौ ।
बुटवलको तामनगरमा खेलकुद तथा आत्मसुरक्षा डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । तामनगर स्थित चारपाला रंगशालामा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल सितोरियो कराँते संघ नेपाल तामनगर डोजोको आयोजनामा भएको खेलकुद कार्यक्रमका लागि प्रमुख अतिथिमा बुटवल उपमहानगरपालिकाका उप-प्रमुख गोमा आचार्य, विशिष्ट अतिथिमा बुटवल उपमहानगर पालिका वडा न.१२ का अध्यक्ष दुर्गा सुवेदीको उपस्थित रहेको थियो । कार्यक्रममा तामनगर डोजोका अध्यक्ष राजकुमार परियारको अध्यक्षता रहेको थियो ।
कार्यक्रमको समुदघाटन गर्दै बुटवल उपमहानगर पालिका उपप्रमुख गोमा आचार्यले खेलकुद क्षेत्रको प्राथमिकताका साथ यसको विकासका लागि आफुहरु लागी परिरहेको बताउनु भयो । बुटवल उपमहानगरपालिकाले नगर खेलकुद समिति गठन गरि नगर भित्र थुप्रै खेलकुदका गतिविधि संचालन गरिरहेको बताउनुभयो । साथै पछिल्लो समय महिलाहरु लैङ्गिक हिंसाबाट जोखिम बढ्दो क्रममा भइरहेकाले यसको नियन्त्रणमा उपमहानगरपालिकाले महशुस गरेको बताउनुभयो । यसको नियन्त्रण गर्दै महिला हिंसा तथा लैंगिक हिंसा मुक्त नगर बनाउने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बुटवल १२ का वडा अध्यक्ष दुर्गा सुवेदी, ईभालुसन क्लब अफ बुटवलका अध्यक्ष हिरा थापा लगायत विभिन्न प्रशिक्षक तथा अन्य व्यक्तिहरुले बोलेका थिए । कोभिड १९ को संक्रमण कायमै भएकाले तथा जोखिम नियन्त्रणका साथ स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा जिल्लाका २ सय भन्दा बढी विभिन्न प्रशिक्षक तथा खेलाडीहरुको उपस्थित रहको थियो । रुपन्देही जिल्लाका विभिन्न स्थानका डोजोहरु तामनगर, मुजुवा, रानीगंज, मर्चवार, धकधई, कोटहीमाई, सिद्धार्थ नगर, गजेडी, गैडहवा, बुटवल चन्द्र, बुटवल देवीनगर, खैरेनी, देवदह लगायतका डोजोका खेलाडीहरे सहभागी थिए । कार्यक्रममा खेलाडीहरुले विभिन्न मार्सल आर्ट तथा आत्मसुरक्षाका डेमोहरु प्रस्तुत गरेका थिए ।
बुटवलको तामनगरमा शनिबार बिहान झाकीसहित र्यालि निकालेर कार्यक्रम सुरुवात गरिएको थियो । र्यालिमा विभिन्न प्लेकार्ड सहित बजार परिक्रमा गरिएको छ ।
कार्यक्रममा कराँतेका अन्तर्राष्ट्रिय रेफ्रीलाई समेत दोसल्ला सम्मान गरिएको थियो । रुपन्देही खेलकुद विकास समितिका प्रशिक्षक तथा कराँते अन्तर्राष्ट्रिय रेफ्री माधव घिमिरेलाई सम्मान गरिएको थियो । स्थानिय कराँते खेलाडी तथा प्रशिक्षक स्व. मीन बहादुर थापाको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गरिएको थियो । प्रशिक्षक तथा रेफ्री ध्रुवमणी आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन मधु राईले गर्नुभएको थियो ।