बुटवल – सञ्चारकर्मी प्रिया अधिकारीले नया गीतको भिडियो सार्वजनिक गरेकि छन् । सार्वजनिक गीत “एकोहोरो माया” मा माया प्रेममा एकोहोरो माया तथा बिछोड पछि हुने कुरालाई देखाउन खोजिएको छ ।
सार्वजनिक एकोहोरो माया बोलको गित निर्मल के सी र भावना जि सिले गाएका हुन् । सन्तोष भट्टराईको शब्द तथा भद्र नकालको लय रहेको गीतमा प्रिया अधिकारी र सुमन घिमिरेको अभिनय देख्न सकिन्छ । विवेक चालिसेले खिचेको गीतको भिडियोलाई प्रेम कुमार थारुले सम्पादन तथा प्रिया अधिकारीले निर्देशन गरेकी हुन ।
शंकरा डिजिटल रेकडिंङ्ग स्टुडियोमा रेकर्डिङ गरिएको गीत प्रिया अधिकारी नामक युट्युब च्यानल बाट हेर्न सकिन्छ ।
भिडीयो हेर्नुहोस् ।