साउन १५ रोल्पा । सुनिलस्मृति गाउँपालिका नेपाल शिक्षक महासंघले आज रिले अनसन कार्यक्रम सम्पन्न गरेको छ । अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने मुल नाराका साथ अनसन सुरु गरिएको हो । देशभर सञ्चालन भइरहेको रिले अनसन कार्यक्रम अन्र्तगत सुनिलस्मृति गाउँपालिका शिक्षक महासंघले पनि कार्यक्रम सम्पन्न गरेको छ । नेपाल शिक्षक महासंघ सुनिल स्मृति गाउँपालिकाले ३४ सुत्रिय माग राख्दै रिले अनसन सुरु गरेका हुन । शिक्षक महासंघले गाउँपालिका उपाध्यक्ष बागमती क्षेत्रीनी, शिक्षा प्रतिनिधि र कामु प्रशासकि अधिकृतलाई ३४ शुत्रिय माग बुझाइएको जानकारी दिइएको छ । रिले अनसन कार्यक्रममा नेपाल शिक्षक संघ संघीय कार्यसमिति सदस्य शालिकराम के.सी, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला उपाध्यक्ष बेगम कुवर, नेपाल शिक्षक संघ जिल्ला सल्लाहकार अभिमानसिं घर्ति मगर, नेपाल शिक्षक महासंघ सुनिल स्मृति गाउँपालिका शिक्षक महासंघका अध्यक्ष कमल चन्द लगायत बिभिन्न बिद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो । अनसन बिहान ८ बजे देखि अपराहन्न ४ बजे सम्म भएको सुनिलस्मृति गाउँपालिका शिक्षक महासंघका उपाध्यक्ष गोबिन्द खनालले जानकारी दिनुभएको छ । नेपाल शिक्षक महासंघले आज जिल्लाका बिभिन्न स्थानिय पालिकाहरुमा यस प्रकारको रिले अनसन गरिएको जनाइएको छ ।