काठमाडौँ – चर्चित कलाकार तथा समाजवसेवी सिताराम कट्टेल र्धुमुसले चितवनको नारायणी पुलबाट हामफालेर आत्महत्या गरेको भिडियो सार्वजनिक भएको छ । नेपाली चलिचित ‘म त मर्छु की क्या हो’ मा उनले हामफालेको सिन सार्वजनिक भएको हो ।
‘मेरी बास्सै’बाट चर्चित बनेका सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को लेखन तथा निर्देशनमा यो चलचित निर्माण भएको हो । चितवनको विभिन्न क्षेत्रहरुमा सुटिङ गरिएको यो चलिचितको ट्रेलर सार्वजनिक भएको छ । त्यही ट्रेलरको अन्त्यमा धुर्मुसले चितवनको नारायणी नदिबाट हाम फालेर आत्महत्या गरेको देखाइएको छ ।
पारिवारी र व्यवसायीक तनावका कारण सहनै नसकि धुमुर्सले आत्महत्या गरेको उक्त भिडियोमा देख्न सकिन्छ । यो चलचितको निर्देशन धुर्मुस सुन्तली आफैले गरेका छन् । श्रीमानले घर व्यवहार चलाउन नसकेको भन्दै पहिला सुन्तलीले आत्महत्या गर्न खोजेकी थिइन् । श्रीमतीलाई सम्झाई बुझाई गरेको धुर्मुसले पछि आफैले हाम फालिदिएको दृष्य ट्रेलरमा देख्न सकिन्छ ।
चलिचित्रमा धुर्मस सुन्तली सहित दिने डिसी, रवि गिरी, बुद्धी तामाङ, विजय बराल, पलपसा डङ्गोल, बलदेव राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्प आचार्य, शुशीला थापाको अभिनय रहेको छ । यो चलचित कोरोना भाइरसको संक्रमण कम भएर चलचित्र हलहरु खुलेपछि रिलिज हुने छ ।
चितवनमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण गरिरहेका उनीहरुको टीमले यो चलिचित्र बनाएका छन् । देश विदेशमा रहेका नेपालीहरुको सानो-सानो सहयोगले निर्माण हुन लागेको रङ्गशालालाई केही आर्थिक सहयोग होस् भन्ने हेतुले यो चलचित्र निर्माण गरिएको हो । उक्त भिडियो हेर्न यहाँ क्लिक गर्नहोस् ।