धनकुटा – साउदी अरबको अलहासामा गाडी दुर्घटना हुँदा धनकुटाका एक युवाको मृ’त्यु भएको छ ।
दुग्धजन्य सामाग्री ढुवानी गर्ने गाडी दुर्घटनामा परी धनकुटा नगरपालिका–१ निगालेका ३५ बर्षीय सोजिन्द्र राईको मृ’त्यु भएको हो । घटना गत शनिवारको हो ।
राती करिब ८ बजे दुग्धजन्य सामाग्री पुर्याउँन जाँदै गर्दा उँटसँग ठोक्किएर गाडी दुर्घटना भएको बताइएको छ । तीन बर्ष अघि साउदी गएका राई गाडीमा चालकको काम गर्दै आएका थिए । उनी आफैले गाडी कुदाएका बेला दु’र्घटना भएको हो ।
दुर्घटनामा परी उनको घ’टनास्थलमै मृ’त्यु भएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । उनीसँगै बस्दै आएका साथीहरुले मृ’तकका आफन्तलाई घ’टनाको विषयमा जानकारी गराएका हुन् ।
‘उँटसँग ठो’क्किएर गाडी दु’र्घटना भएछ । हाम्रो बेहाल भयो,’ मृ’तककी शो’काकुल श्रीमती नेत्रकुमारीले भनिन्, ‘लाश घर ल्याउँन आफन्तहरुले पहल गर्दै हुनुहुन्छ, कहिले आइपुग्ने हो पत्तो छैन ।’
दुर्घटनामा परी एक जना घाइते भएका छन् । उनको उपचार भइरहेको छ । मृ’तक राईको श’व स्थानीय अस्पतालमा रहेको र नेपाल ल्याउँन पहल भइरहेको वैदेशिक रोजगारीमा रहेका मृतकका छिमेकी बावुराम तितुङले संगालोखबरलाई जानकारी दिए । मृ’तक राईका श्रीमतीसहित ११ बर्षीय एक छोरा छन् ।