मेष:
परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र
भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ ।खानपिनमा रूचि बढ्ने छ। शुभ समाचार सुन्न पाइने छ।
मान्यजनको आशीर्वचन प्राप्त हुनेछ ।
पठनपाठमा रूचि बढ्ला । सार्वजनिक हीतका क्षेत्रमा सक्रियता
बढ्ने छ ।
वृष:
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न
लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र
दाजुभाइको सहयोग लिनसकिने छ ।
। वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी
गर्नेका लागि सन्तोषजनक यो साता रहने छ । आम्दानीमा
कमी आउने छैन । यात्राको सम्भावना छ ।
मिथुन:
आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ ।
सकारात्मक सोच बढ्ने छ।तपाईंको
चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका
मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि
हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई
आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र
प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र
प्रतिस्पर्धामा विजय मिल्नेछ ।
कर्कट:
यो साता मध्यम छ । दैनिक
कामकाजमा बाधा आउने छ । शत्रुहरूको
गतिविधिले काममा असर पर्नसक्छ । साताको प्रारम्भमा केहि राम्रो भएता पनि बुधबार पछि अझ
प्रतिकूल छ । गरेका काममा अवरोध आउने एवं
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ ।
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले
सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र
भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा
सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक
काममा मन जान सक्छ ।आर्थिक क्षेत्र सवल रहने छ।
सिंह:
अभिभावकवर्ग वा
विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ ।
जागिरेमा बढुवा, प्रशंसा र
पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र
सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै
छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ ।
पारिवारिक जीवनमा रमाइलोपना आउने छ ।तर
घरायसी काममा समय र धन खर्च हुनेछ ।
कन्या:
एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ ।
छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ ।
धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको
सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै
लाभ लिन सकिने छ । घरपरिवारमा आनन्दको
वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ ।
प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन
देखिने छ ।
तुला:
सामान्यतया यो साता मध्यम छ। अध्यनमा बाधा आउला। ब्यापारमा केही नोक्सानी व्यहोर्नुपर्ने देखिएको छ।पारिवारिक असमझदारी बढ्न सक्छ ।यद्यपि बुधबारदेखि राम्रो समय आउने छ। पुराना कमजोरी सच्याउदै अगाडि बढ्ने अवसर मिल्ने छ।
वृश्चिक:
शत्रुपक्ष कमजोर हुने छन् । समाजिक क्षेत्रमा
लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग
प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त
हुनेछन्, स्वास्थ्य
अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ
दिनेछन् ।व्यवसायिक
क्षेत्रबाट पनि लाभ मिल्ने योग छ ।
धनु:
आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा फाइदा हुने छ । विपरीतलिङ्गीबाट
आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति
हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि
कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् ।
सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन
गर्नु पर्नेछ, जसबाट प्रतिष्ठा प्राप्त हुनेछ । प्रेममा
उच्च सफलता प्राप्त हुने योग छ ।
मकर:
साताको सुरूका दिनहरू प्रतिकुल छ्न् ।स्वास्थ्यमा समस्या आउन सक्छ । सानातिना घरायसी कामहरूमा
समय व्यतीत हुनेछ । साताको मध्यबाट राम्रो छ । काममा
ढिलासुस्ती भए पनि चिताएको परिणाम
प्राप्त हुने योग छ । मान संमान प्राप्त होला।
कुम्भ:
प्रसन्नता र खुसीको
समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम
गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा
विवाद आउने सम्भावना छ, यद्यपि यो साता आर्थिक
समस्या हल गर्ने उपाय देखा पर्नेछ । यद्यपि ठूलो
महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो
हुनेछैन । साताको सुरुमा केही नोक्सानी बेहोर्नु पर्नेछ ।
मीन:
वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै
नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ
। विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ ।
घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र
परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ ।
पारिवारिक जमघटमा मन रमाउनेछ ।नसोचेको
ठाउँबाट धनागमको सङ्केत पनि छ।
प्रस्तुतकर्ता :ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)
अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र
ति.न. पा. ७, भलवारीचोक
सम्पर्क न.९८५७०३५४६१