बुटवल :- नेपाली गीत संगीतमा बिगत लामो समय देखि निरन्तर संघर्ष गरिरहेका संगीत् कर्मी हुन् बिष्णु भट्टराई । ढेड दशक देखि आफुलाई संगीत क्षेत्रमा हराउदै आईरहेका भट्टराईले हजारौ म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन्। बिगतका वर्षहरुमा राजधानी काठमान्डौ पछी उच्च स्तरीय म्युजिक भिडियो बनाउने केवल बिष्णु भट्टराई थिय भने अहिले आएर काठमान्डौ बन्न सक्ने तथा काठमान्डौकै क्वालिटीमा बुटवलमा उनै बिष्णु भट्टराईले म्युजिक भिडियो बनाउने काम सुरु गरे पछि एकाएक चर्चामा छन् र सफलता समेत हात पारेका छन् ।
निर्देशक तथा कुशल सम्पादक भट्टराई निर्देशन संगसगै अभिनयमा पनि देखिन सुरु गरेका छन् ।
विष्णु भट्टराईको अभिनयमा “गैरी खेत झिल्के रोपाइँ छ” बोलको तीज गीत सार्वजनिक यतिबेला नेपाली गीत संगीतको बजार तीज गीतहरुले तताई रहेका छन्।हरेक दिन नयाँ गीतहरु एकपछि अर्को सार्वजनिक हुने प्रक्रिया चलिरहेको छ।
गीत संगीतलाई माया गर्ने श्रोता,दर्शक हरुले पछिल्लो समयमा सस्तो लोक प्रियताको लागि तीज गीतको नाममा आफ्नो मौलिकता बिर्सन लागेको भन्छन्।यसैलाई मध्यनजर गर्दै श्रोता दर्शनको भावनालाई बुझेर भर्खरै मात्र विष्णु भट्टराईको अभिनयमा “गैरी खेत झिल्के रोपाइँ छ” बोलको मौलिक तीज गीत सार्वजनिक भएको हो।
समिक्षा अधिकारी र नवराज घिमिरेको आवाज, बन्धना पराजुली भुसालको शब्द सिर्जना, विष्णु भट्टराईको लय संकलन, महेन्द्र भण्डारीको म्युजिक एरेन्ज, त्यसैगरी विष्णु भट्टराई र करिष्मा ढकाल लगायत अन्य कलाकारहरुको अभिनयमा गीत तयार भएको हो।
शोभाखर पन्थीको छायांकन, बिक्की परियारको कोरियोग्राफी साथै उनै विष्णु भट्टराईको निर्देशन र सम्पादनमा गीत यतिबेला बजारमा आएको छ।
बिगतका सिर्जनाले जस्तै यो सिर्जनाले पनि दर्शक स्रोताको मन जित्न सफल होस् हाम्रो शुभ-कामना ।
पूरा भिडियो हेर्नुहोस..