काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज लुम्बिनी तथा गण्डकी प्रदेशका एक – दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।