बुटवल – बजारमा भोलिदेखि निषेधाज्ञा कडा पार्ने हल्ला चलेको छ । हल्लाको पछि नलाग्न अनुरोध गरिएको छ ।
अहिले कोरोना सङ्क्रमण जोखिम नै रहेकाले साउन १ गतेदेखि कडा निषेधाज्ञा हुने हल्ला फैलिरहेको छ । तर हल्ला फैलिए जस्तो कुनै पनि गतिविधि नहुने हुँदा किनमेलका लागि बजारमा भिडभाड नगर्न पनि आग्रह गरिएको छ ।
यसैबीच बिभिन्न जिल्लामा निषेधाज्ञालाई निरन्तरता नै दिने तयारी भएको छ । अहिलेको जस्तै खुकुलो बनाएर केही दिन निषेधाज्ञालाई लम्ब्याउने तयारी छ।