काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिएका छन् ।
राजदूत बेरीले मङ्गलवार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उनीसँग मिलेर काम गर्ने आशा गर्दछ भनेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलवार प्रधानमन्त्रीको शपथ लिएका हुन् ।