भैरहवा – रुपन्देहीको कोटहीमाई गाँउपालिकाबाट नगद सहित ११ जना जुवाडे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मातहत रहेको इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरी टोलीले सोमबार विहान १० बजे कोटहीमाई गाउँपालिका वडा नं.३ मर्यादपुरबाट एक लाख अठ्सठ्ठी हजार नौ सय पाँच रुपैया सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पैसाको हारजीत सहितको जुवातास खेल्ने खेलाउने कार्य भइरहेको गोप्य सूचनाको आधारमा मर्यादपुर स्थित मोहमद लाडले अन्सारीको घरमा अबैध रुपमा जुवातास खेलिरहेको अबस्थामा स्थानीय एघार जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट नगद १,६८,९०५ रुपैया, बिभिन्न कम्पनीका मोबाईल १० वटा, ३१५ वटा तासका पत्ती र जुवा खेल्न प्रयोग गरेको प्लाष्टिकको एक वटा बरामद गरिएको जिलला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका वडा नं.३ बस्ने ३६ वर्षिय मोहमद लाडले अन्सारी, सोही स्थान बस्ने १८ वर्षिय धर्मेन्द्र भन्ने कम्लेश कुमार यादव, २० वर्षिय विशाल यादव, २६ वर्षिय मोहमद सरिफ जोलहा, २७ वर्षिय सुरज यादव, २० वर्षिय निरज कुमार यादव , २४ वर्षिय संजय जैशवाल रहेका छन । त्यस्तै मायादेवी गाउँपालिका वडा नं.५ का २६ वर्षिय भगवानदाश कुर्मी, २६ वर्षिय सोनु मल्लाह, वडा नं.६ का १८ वर्षिय समिर धुनिया, २९ वर्षिय घनश्याम यादव रहेको प्रवक्ता थापाले जानकारी दिए । पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जुवा मुद्धामा म्याद थप अनुमती लिई अनुसन्धान भैरहेको कार्यालयले जानकारी दिएको छ ।