असार २८ रोल्पा । विघटित संसद पुनःस्थापना भएको खुसियालीमा रोल्पामा पनि स्वागत तथा दिप प्रज्वलन गरिएको छ । प्रधानमन्त्रि केपि शर्मा वलीले दोस्रो पटक संसद विघटन गरे आज सर्वोच्चले पुनःस्थापना गरेको खुसियालीमा दिप प्रज्वलन गरिएको हो । सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधान मन्त्रिमा नियुक्ती गर्न परमादेश जारी गरे पछि उक्त आदेशको स्वागत गर्दै ५ दलिय संयुक्त गठबन्धनले संयुक्त रुपमा उक्त स्वागत कार्यक्रमको आयोजना गरेको हो । नेकपा माओवादी केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तिको अध्यक्षतामा सम्पन्न भएको स्वागत कार्यक्रम प्रमुख बत्ताको रुपमा नेपाली कांग्रेस रोल्पामा नेता एवं पुर्व सांसद लेखनाथ आचार्य, नेकपा माओवादी केन्द्रका नेता तथा रोल्पा नगरपालिकाका मेयर पुर्ण केसी, नेपाली कांग्रेस रोल्पाका निवर्तमान पार्टि सचिव, प्रवत्ता एवं अधिवत्ता जितविक्रम मल्ल, नेकपा माओवादीका नेता तथा जिल्ला समन्वय समिती रोल्पाका सदस्य कर्मलाल परियार, नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खटकबहादुर खत्री, नेपाली कांग्रेस रोल्पाकी पार्टि प्रबत्ता कविता उपाध्याय, नेपाली कांग्रेस रोल्पाकी महिला नेतृ श्रीमुकारी रोका, नेकपा माओवादी केन्द्र राल्पा नगर अध्यक्ष फविन्द्र आचार्य, नेपाली कांग्रेस रोल्पा नगरपालिकाका सभापति चन्द्रप्रकाश आचार्य, नेपाली कांग्रेसका नेता रोल्पा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मानबहादुर खत्री, नेकपा माओवादी केन्द्र रोल्पाका नेता तथा रोल्पा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मिमबहादुर घर्ति, वडा नं. ४ का वडा अध्यक्ष नवराज आचार्य, ५ का वडा अध्यक्ष टोपबहादुर नेपाली, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर लगाएत ५ दलिय गठबन्धनमा आवद्ध विभिन्न भातृ एवं शुभेच्छुक संघ संगठनमा प्रमुख तथा प्रतिनिधीहरुको कार्यक्रममा उपस्थिती रहेको थियो । कार्यक्रमका बत्ताहरुले केपि शर्मावलीको असंबैधानिक कदमको बचाउ गर्दै आएका मतियारहरुको दिन गएको भन्दै अहिले सर्वोच्चले गरेको फैसलाले हार र जित भन्दा पनि आम नागरिकहरुले कानुनि राज्यको प्रत्याभुति गर्न पाएको भन्दै प्रशंसा गर्दै खुसी समेत ब्यक्त गरेका थिए । उक्त कार्यक्रमको सहजिकरण नेपाली काँग्रेस रोल्पाका सचिव मोहन परियारले गर्नु भएको आयोजकले जानकारी दिएको छ ।