एमाले स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको सोमबारको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुगेको बताएका छन् ।
संसद पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले दिएको आदेशपछि उनले फैसलाले सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपालीजनले अस्थिरताको दुस्चक्र ब्यहोर्नुपर्ने टिप्पणी गरेका छन् ।