बुटवल – लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली सांगीतिक बजारमा अनिल के. सी.को डाँडाघरे साइँली बोलको गित सार्बजनिक भएको छ ।
स्वरुपराज आचार्य र लक्ष्मी मल्लको आवाज रहेको डाँडाघरे साइँली गीत अहिले ट्रेण्डीङ्गमा परेको छ। श्रीकृष्ण बम मल्लको लय तथा संगीत रहेको गीतको शब्द कृष्ण के.सी.ले लेखेका हुन् । प्रिज्म स्टुडियोबाट रेकोर्ड गरेको सोहि गीतको एरेन्ज कृष्ण बि.कले गरेका छन् ।
गीतको भिडियो पनि उत्कृस्ट बनेको छ देवेन्द्र बब्लुले निर्दशन गरेको म्युजिक भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन्, गीतमा प्रकाश सपुत, शिल्पा पोख्रेल, करिश्मा ढकाल,श्रीकृष्ण बम मल्लको अभिनय देख्न सकिन्छ ।