बुटवल – गत विहिवार विहान पाल्पाको तिनाउ गाउँपालिका–५ मा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
तिनाउ गाउँपालिका ५ गिट्टिखानीमा गएको पहिरोले घर पुरिएर घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । पहिरोमा घाइते भइ लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत ७५ वर्षिय सुन्दरी गुरुङको शुक्रबार राती साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।
उक्त पहिरोमा परि यस अघि ४० वर्षिय विरवाहादुर गुरुङ र ४ वर्षिय बालक आरोप परियारको मृत्यु भएको थियो । पहिरोमा ७ जना घाइते भएकोमा एक जनाको मृत्यु भएको हो ।