रुपन्देही- एक स्थानीय तह एक उत्पादन काे मुल नारका साथ प्रदेश सरकारको आर्थिक सहयोगमा कृषि शाखा शुध्दाेधन गाउँ पालिका मानपकडीकाे आयोजनामा र शुध्दाेधन गाउँ पालिका वडा नः२काे पहलमा स्थानीय तह मार्फत संचालन हुने कोभिड विशेष कृषि कार्यक्रम कार्यनयन कार्यविधि २०७७ र स्थानीय तह मार्फत संचालन हुने कोभिड विशेष कृषि कार्यक्रम कार्यनयन समितिको ७८/२/२८ काे निर्णय बमोजिम एक स्थानीय तह एक उत्पादन कार्यक्रम अन्तर्गत तरकारी उत्पादन कार्यक्रम अन्तर्गत समयदेवी कृषि कृषक समूहकाे मागलाई मध्य नजरगरी कृषि शाखा शुध्दाेधन गाउँ पालिका मानपकडीले (५०%) प्रतिशतमा कृषि सामाग्री वितरण कार्यक्रम बुधबार समयदेवी टोलमा सम्पन्न भएको छ।
समयदेवी कृषि कृषक समुहका अध्यक्ष मनोज लोधकाे अध्यक्ष्ातामा र शुध्दाेधन२का वडा अध्यक्ष विष्णुप्रसाद बस्यालकाे प्रमुख्यातामा शुध्दाेधन२ का वडा सदस्य उमाकान्त चापगाइ कृषि शाखा शुध्दाेधनका प्रमुख रमेश रेग्मीको विशिष्ट अतिथ्याता साे कृषि सामाग्री वितरण कार्यक्रम भएको हो।
उक्त कृषि सामाग्री वितरणमा इलेक्ट्रोनिक पावर स्प्रयेर टंकी ३० थान डिजिटल काटा ५थान हेन्ड ट्याक्टर १थान पम्प सेट ३ थान डिलबरी पाईप ३०० केजी बोरीङ जडान ५ थान र विषादी र काक्रो,भिण्डी,लौका,खुर्सानी , तरकारीको विउभिजन १२२८००० बराबरको ५०% अनुदानमा शुध्दाेधन २ समयदेवी कृषि कृषक समुहका किसानहरू लाई वितरण गरिएको छ।प्रमुख अतिथि वडा अध्यक्ष विष्णुप्रसाद बस्यालले किसानहरूले अनुदानमा लिएको कृषि सामाग्रीकाे दुरुपयोग नगर्न आग्रह गर्दै यश समुहले कृषि उत्पादन बढाई कृषि पकेट क्षेत्र बनाउन र कृषि क्षेत्र लाई नयाँ किसिमबाट उत्पादन गरि आत्मनिर्भर हुनु पर्नेमा जोड दिनुभयो।यश क्षेत्रका किसानहरूले कृषि आबद्ध भई योजना हरु ल्याउन समेत आग्रह गर्नुभयो।शुध्दाेधन २ का वडा सदस्य उमाकान्त चापागाईं कृषि शाखा शुध्दाेधन का प्रमुख रेशम रेग्मी समयदेवी टोल समितिका अध्यक्ष बुद्धिराम लोध लगायतले शुभकामना दिनुभएको थियो । भने कार्यक्रममा समुहका सचिव सुरेस लोधकाे स्वागतमा कृषि प्रतिनिधि शुध्दाेधनका सुनिल हरिजनकाे संचालनमा साे कार्यक्रम सम्पन्न भएको हो।