९ असार रुपन्देही
सैनामैना नगरपालिका वडा न.१ का अति बिपन्न तथा असाहाय व्यक्तिहरु का लागि खाद्यान्न सहयोग गरिएको छ।दोस्रो चरण को राहत स्वरुप स्थानीय २० घरपरिवार लाई राहत बितरण गरिएको हो ।युवा समाजसेवी नर बहादुर सुनार , अनिल पहाडी, समीर बि.क.,सनिज परियारको संयोजकत्वमा स्थानिय समुदाय लाई राहत बितरण गरिएको हो ।बेलायत निवासी श्री थम बहादुर विश्वकर्मा ,कबिराम कुंवर,नारायण महत , चिन्तामणी भुषाल ,प्रकाश केसि,रबिन्द्र प्रसाद पौडेल ,जनक भण्डारी ,बिनोद गुप्ता ,गंगा बिक ,लगायत सहयोगी दाताहरु को सहयोगमा यो राहत सहयोग गरिएको समाजसेवी नर बहादुर सुनार को भनाई रहेको छ।
अहिले कोरोना र बाढीले मुलुकमा पारेको विषम परिस्थिति मा मानिसहरु को समस्यामा थोरै भए पनि सहयोग पुगोस भन्ने हिसाबले यो कार्य गरिएको स्थानीय समाजसेवी समीर बिक को भनाई रहेको छ।
सैनामैना नगरपालिका वडा न.१ भित्र का अति बिपन्न असाहाय ,अपांग ,एकल महिलाहरु लाई चामल ,दाल ,तरकारी लगायत खाद्यान्न सामाग्री बितरण गरिएको समाजसेवी सनिज परियार को भनाई रहेको छ।
विभिन्न संघसंस्था बाट प्रथम चरण मा २४ घरपरिवार अनि दोश्रो चरण मा २० घरपरिवार लाई राहत बितरण गरिएको युवा समाजसेवी अनिल पहाडीले बताउनु भएको छ।