मोडल तथा कलाकार निशा घिमिरेको जिवनमा खुसी फर्किएको छ । करिब ३ वर्ष निकै गम्भिर अवस्थामा घरमै रहेकी उनलाई नर्भिक अस्पतालले उद्दार गरी उपचार सुरु गरेको थियो ।
भारतको दिल्लीमा मोडल तथा कलाकार निशा घिमिरे दुर्घटनामा परेपछि उनी हलचल गर्न नसक्ने अव’स्था’मा घरमै थिइन् । उपचार अभावमा उनको अव’स्था दिन दिनै खस्कदै गएको थियो ।
नर्भिक अस्पतालले घरमै पुगेर उद्दार गरेको हो । अहिले शरीरका घा उहरु निको हुन् थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको छ । अस्पतालले उनको उपचार निशुल्क गरिरहेको छ । घिमिरेको जिवनमा नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरी मसिहा बनेर आएकी थिइन् । नर्भिक पुगेको भोलिपल्टदेखि नै उचित उप’चार, राम्रो आहार पुगेपछि उनको अनुहारमा खुसी देखिएको थियो ।
उनी ह्वील चियरमा बस्न सक्ने समेत भएकी छन् । तीन वर्ष सम्म विस्तरामा मात्र रहेकी उनी नर्भिकमा उपचार थालेपछि चियरमा बस्न सक्ने भएकी हुन् । अस्पतालले उनलाई ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उप’चार गरिरहेको छ । डा पंकज जलान नेतृत्वको टिमले उनको उप’चार गरिरहेको छ । उनी आफै पनि चलमलाउन थालेको उ’पचा’रमा संलग्न चिकित्सकले जनाएका छन् ।
घरमा हुँदा बोल्न नसक्ने तर अरुको कुरा सुनेर आँशु मात्र खसा’उन सक्ने निशा अहिले केही प्रतिकृया समेत दिन सक्ने भएकी छन् । अरुको कुरा सुनेर केही बुझे जस्तो अनुहारले हाउभाउ जनाउँछिन् ।
उनले पछिल्लो समय बोल्ने समेत कोशिस गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । भोक लाग्दा समेत उनले संकेत गर्छिन । यद्धपी उनलाई खाना भने सिधै खुवाउने गरिएको छैन । पाइप मार्फत खाना पेटसम्म पुर्याएको छ ।