काठमाडौँः सरकारी सेवा प्रदायक नेपाल टेलिकमको मोबाइल फोन सेवा देशैभर अवरुद्ध भएको छ । बुधबार बिहानै देखि देशैभरीको मोबाइल सेवा ठप्प भएको हो । नेपाल टेलिकमको नेट्वर्कबाट फोन नलाग्ने तथा एसएमएस पनि नजाने समस्या देखिएको छ ।
फोन अवरुद्ध भएको बारेमा नेपाल टेलिकमका अधिकारीहरुसँग पनि सम्पर्क हुन सकेको छैन । एनटिसीको सिस्टममा बारम्बार यस्तो समस्या देखिँदै आएको छ ।
एनटिसीको प्रिपेड र पोस्टपेड दुवै सेवा अवरद्ध हुँदा निजी सेवा प्रदायक एनसेलको फोन भने सुचारु छ । एनटिसीमा देखिएको समस्याको समेत पहिचान हुन सकेको छैन ।