नवलपरासी /असार ७
आज एक कार्यक्रमका बिच पश्चिम नवलपरासीकाे पाल्हिनन्दनमा हुनेले दिएर जाउँ , नहुनेले लिएर जाउँ नाराकाे साथ दुई स्थानमा मास्क बैंकको स्थापना गरिएको छ ।
पाल्हिनन्दन गाउँपालिका वडा नं १, महेशपुर र वडा नं ३ बेलाशपुरमा काेभिड -१९ महामारीको दाेस्राे लहरकाे राेकथाप गर्न मास्क बैंक स्थापना गरिएको उत्तम सहयोगी समाज संस्था का अध्यक्ष गुड्डु गुप्ताले बताउनुभयो ।
मैत्री समाज नेपाल , उपकार समाज संस्था , उत्तम सहयोगी समाज संस्था र याेगदान राष्ट्र का लागि नवलपरासी शाखा काे सहयाेगमा मास्क बैंकको स्थापना भएकाे हाे ।
कार्यक्रममा पत्रकार रन्जित शर्मा , सुरेश यादव , ज्ञानेश्वर सहानी , मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ता , उत्तम सहयाेगी समाज संस्थाका अध्यक्ष गुड्डु गुप्ता , विनाेद निगम र सस्त्र प्रहरी एवम् नेपाल प्रहरीको सुरक्षाकर्मी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।