रुपन्देही जेठ-प्रतिमान निमा स्मृति प्रतिष्ठानका उपाध्यक्ष ,राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पुर्ब स्वास्थ मन्त्री दिपक बोहराको पहलमा रुपन्देहीको शुद्धोधन गाउँ पालिका स्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र ( कोभिड अस्पताल ) लाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ।शनिबार एक कार्यक्रमका बिच अक्सिजन सिलिन्डर ५ थान,अक्सिजन कन्सट्रेटर १० लिटरको १ थान,अक्सिजन रेगुलेटर, पि पि इ ५० थान,सर्जिकल माक्स १००० थान,फेस शिल्ड ५० थान, सर्जिकल क्याप ५० थान,सेनिटाइजर ५० लिटर प्रदान गरिएको थियोे ।
सोही कार्यक्रममा कोभिड बाट मृत्यु भएका शुद्धोधन गाउँपालिका वडा न ४ केवलपुर स्वर्गीय देव प्रसाद शर्माको परिवारलाई सहयोग स्वरुप १० हजारको चेक पनि हस्तान्तरण गरिएको छ ।कार्यक्रम मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष एंव शुद्धोधन गाउँपालिका प्रबक्ता राजेन्द्र कंडेलको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी प्रसाद चौधरीको प्रमुख आतिथ्यता , पालिका उपाध्यक्ष शान्ता ज्ञवाली ,मोतिपुर अस्थायी कोभिड अस्पताल डा कृष्ण खराल उपस्थिति रहेको थियो यस्तै प्रतिष्ठानका प्रबन्ध निर्देशक स्वती थापा , डाइरेक्टर धर्म बहादुर केसि, राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष सागर प्रताप राणा,जिल्ला सदस्य जोगराज अधिकारी ,क्षेत्रीय सह सचिव शंकर बहादुर कार्की ,प्रदेश ३ ख अध्यक्ष क्या प्रेम बहादुर कुन्वर ,भेग बहादुर घिमिरे , राम भजन यादव ,गाउँकमिटी अध्यक्ष पुष्पराज थारु , बिरेन्द्रराज बास्तोला, सियारी गाउँ पालिका बरिस्ठ उपाध्यक्ष माया रोका लगायतको पनि उपस्तिथि रहेकी थियो भने कार्यक्रमको संचालन स्वास्थ शाखा प्रमुख समीर भण्डारीले गर्नु भएको थियो।